खबरब्रेकिंग, काठमाडौं,असार २१ गते । ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपलिका अध्यक्ष देवीराम अर्यालले ललितपुरमा भएको एक बिशेष समारोहका बीच हस्ताक्षर गरेका हुन ।
ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुःखसुख आदानप्रदान गर्नु भएको बताए । उनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भगिनी सम्बन्धमा गाँसिएको मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मालिका गाउँपालिकाका अध्यक्ष अर्यालले कला, संस्कृति र सम्पदाको शहरसँग दूरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउँदा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend