काठमाडौँ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा अध्यक्षतामा निर्विरोध भए पनि अन्य विभिन्न पदहरुमा धेरै उम्मेदार भएकाले निर्वाचन हुने भएको छ ।
कार्तिक १८ र १९ गते काठमाडौँमा भएको अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदारहरुको अन्तिम नामावलीअनुसार अध्यक्षता प्रभुराम थापा एकल भए पनि उपाध्यक्षमा चानक राज पोखरेल र टकबहादुर गुरुङ, सचिवमा रामशरण सिम्खडा र सन्तोष कुमार भट्टराई, उपसचिव खुलामा कृष्ण प्रसाद लामिछाने र सुरेश केसी (सूर्य), उपसचिव महिला भने ज्योती देवी शर्माको उम्मेदारी रहेको छ ।
त्यसैगरी ३० जना सदस्यहरुमा खुलातर्फ मध्यपूर्व कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटुवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, शालिग्राम पन्त, महिलातर्फ इन्दिरा कटुवाल, रस्मी राई (गुरुङ), युरोपतर्फ खुलामा इन्द्रप्रसाद ओली, गोविन्द प्रसाद पौडेल, चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, महिलातर्फ चन्द्रा कुमारी गुरुङ र सरस्वती केसीको उम्मेदवारी रहेको छ ।
अमेरिकातर्फ खुलामा प्रकाश बस्नेत, रमेश प्रसाद घिमिरे घिताल, महिलामा कुन्ती थापा, जानकी कार्की, पूर्वी एसियामा खुलातर्फ अनित थपलिया, वसन्त राई, रामचन्द्र लोचन र महिलातर्फ डा सन्जुकुमारी पौडेल, ओसियनातर्फ खुलामा केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र महिलामा सीता केसी थापाको उम्मेदारी रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend