काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) डा मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृहमन्त्री गुरुङले बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा केसीलाई प्रहरी महानिरीक्षकको फुली लगाइदिएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि आइजिपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो । कार्कीलाई भने प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त आइजिपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परामा यसपटक परिवर्तन देखिएको छ । यसअघि गृहसचिवले नवनियुक्त प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाइदिने प्रचलन थियो । तर, यसपटक गृहमन्त्री आफैंले उक्त जिम्मेवारी निर्वाह गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend