काठमाडौं । बुद्धभूमी नेपाल हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा अध्यक्ष पूर्ण लाल श्रेष्ठको सभापतित्वमा शुक्रबार सम्पन्न भएको छ। असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरीमा पुर्व ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सभाले गत आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दैै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

समारोहमा प्रमुख अतिथि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्। उनले कम्पनीले ऊर्जा क्षेत्रमा गरेको प्रगति सकारात्मक रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रको विकासले देशको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
घिसिङले ऊर्जा क्षेत्रले समग्र देशको आर्थिक तथा सामाजिक विकासमा गति दिनुपर्ने धारणा व्यक्त गरे। नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले त्यसको सदुपयोग गर्दै ऊर्जा क्षेत्रमा थप लगानी, उत्पादन र विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
उनले जलविद्युत् क्षेत्रको विकासलाई राष्ट्रिय समृद्धिसँग जोड्दै स्वदेशमै ऊर्जा उत्पादन बढाउनुका साथै यस क्षेत्रलाई आर्थिक विकासको बलियो आधार बनाउनुपर्नेमा जोड दिए।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले गरेको प्रगतिले निजी क्षेत्रको सहभागितामा ऊर्जा विकास सम्भव रहेको सन्देश दिएको छ। नेपालको आर्थिक विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव अघि सारेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिएको छ । यस वर्ष पनि कम्पनी लाभांश वितरण नगर्ने भएको छ । २०७८ सालमै आईपीओ जारी गरेको कम्पनीले लाभांश भने हालसम्म वितरण गर्न सकेको छैन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्ष सो अवधिसम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी पछिल्लो वर्ष भने खुद नाफामा रहन सफल भएको हो । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend