शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

दुई संसदीय समितिका बैठक बस्दै

दुई संसदीय समितिका बैठक बस्दै

  • शुक्रबार, २० कार्तिक २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौँ) र चन्द्रबहादुर सारू (अर्घाखाँची) लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने सङ्घीय संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend