शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या

प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या

खबरब्रेकिंग, काठमाडौं,असार २१ गते । समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ। विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा पूरा हुनुपर्नेमा दशकसम्म पनि निर्माण सम्पन्न भएको छैन। लामो समयदेखि यी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा प्रणालीमा समस्या देखिएको प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठ बताउँछन्।

‘लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयको अवरोध र अदालतको स्टे अर्डरले गर्दा आयोजनाको काम लम्बिएको छ। यी लाइन भइदिएको भए सिस्टमलाई बल हुन्थ्यो,’ उनले थपे।

अहिले पूर्व र पश्चिम जोड्ने पुरानो लाइनबाट करिब ८० मेगावाट मात्र विद्युत् प्रसार भइरहेको छ। अहिलेको नयाँ लाइन बढी क्षमताको छ। करिब तीन सय मेगावाट बिजुली प्रसार हुन सक्छ। यस्तै, ढल्केवरमा आएको बिजुलीलाई पश्चिम लैजानका लागि पनि चार सय केभीको लाइन आवश्यक छ।

अहिले हेटौंडाबाट पश्चिम जाने १३२ केभीका लाइनहरू मात्र भएकोले यस क्षेत्रका उद्योगहरूमा नियमित बिजुली जान सकिरहेको छैन। एकातिर बिजुलीको नियमित आपूर्ति हुन सकेको छैन भने अर्कोतिर निजी प्रवद्र्धकको सबै उत्पादन किन्न सक्ने अवस्थामा प्राधिकरण छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend