सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

खबरब्रेकिंग,काठमाडौं, असार २० गते । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend