खबरब्रेकिंग, भक्तपुर,असार १७ गते। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर, अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमुल परिवर्तन गर्ने हो ।”
उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend