खबरब्रेकिंग,काठमाडौं असार १७ गते। श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।
आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउने एयरलाइन्सले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend