खबरब्रेकिंग,काठमाडौँअसार १४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिका लागि उपयोगी हुने शिक्षा अपनाउनुपर्ने बताएका छन्। बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने,‘हामीले हाम्रो शिक्षा व्यक्तिका लागि, समाज र देशका लागि जीवन उपयोगी हुने दिनुपर्छ।’ओलीले नेपालमा विकासका सम्भावना भएको भन्दै देशप्रति गर्व गर्नुपर्ने बताए।
उनले सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुने बताए। उनले भने,‘मौरीको संगतमा हिँड्यो भने फूलबारीमा पुगिन्छ। झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिन्छ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend