शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई अझ धेरै समर्थन चाहिएको छः प्रधानमन्त्री

वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई अझ धेरै समर्थन चाहिएको छः प्रधानमन्त्री

खबरब्रेकिंग,काठमाडौं,असार १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन । प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको बताए ।

‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ, यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ’, उनले भने ।उनले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने बताए ।

‘वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ, बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र’, उनले भने, ‘म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ, लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा सरकारको पहल कदमीबाट जनतामा विश्वास जाग्न सुरु भएको जनाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend