भक्त के सी
खबरब्रेकिंग,काठमाडौँ असार ११ गते । रास्ट्रपति चाहियो सच्चा सपुत बालेन शाह जस्तो र प्रधानमन्त्री चाहियो हर्क साम्पाङ जस्तो नागरिकले चाहना गरे जस्तो , दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन्, व्यवहारबाट देखाइसकेको छ। काम कर्तब्य निष्ठा खाली प्रतिबद्धता मात्र होइन , गरेर नै देखाउने महापुरुष सलाम छ। राष्ट्र हितका लागि सबैलाई विश्वासमा लिएर काम गर्न सक्नु हुन्छ भन्ने पूर्ण विश्वास छ र प्रमाणित गरिसकेका पनि छन्।
नेपाली नागरिकले खोजेको नेता यस्तै राष्ट्र हितको लागि अगि सर्ने ब्यक्तित्योहरु हो। नागरिकले चाहेमा जे पनि हुन्सक्छ। अब युवाले देश विकास गर्नु पर्छ। धन्य छ राष्ट्र हित सोच्ने सपुतहरु जन्मेछन। बालेन शाहको काम गर्ने शैली र तरिका मनपर्छ। बालेन शाहको कामको प्रशंसा गर्ने युवाहरू , बुद्दिजिबीहरु , ब्यापारी , पेशेवरहरू बालेनको तारिफ गरेर थाकेनन्। राष्ट्रको भबिस्यको लागि सोच्ने निडर नेता भनेको अहिले को जल्दो बल्दो बालेन शाह नै हुन्। उनको काम गर्ने शैलीले स्थानीय सरकारप्रति आशा बढाएको छ। बालेन शाहमा अद्भुत क्षमता भएर नै उनी विजयी भएका हुन् काठमाडौँ जस्तो ठाउको मेयर बालेन यिनको काम गर्ने शैली पनि राम्रो छ। बोल्ड,
कुरा भन्दा काम पैला , सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ भनी लागि राखेको देखिन्छ। भ्रष्ट राजनीतिक नेताहरु पुरानै शैलीको राजनीति गर्ने र राज्यलाई हत्केलोमा लिएर बेच्न हिड्ने का अगाडी शेरको दहाड जस्तो लाग्छ। स्याबाश राष्ट्रका सुपुत्र , काठमाडौंका मेयर साहेब श्री बालेन शाह ज्यु।
अहिले हर्क, बालेन , जय जय छ। नागरिकले आश गर्न सक्ने लिडर जन्म्मे छन्। धरानका मेयर हर्कराज राई (साम्पाङ), काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । यी पात्रहरूप्रतिको सञ्जाल आकर्षण र मोह देख्दा लाग्छ, यति बेला नेपाली राजनीतिका सर्वाधिक शक्तिशाली पात्र यिनै हुन् । ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन, सीके राउत लगायत अरू पनि पछि–पछि लाग्दै गरेका पात्रहरू छन् । यद्यपि, अहिले हर्क, बालेन र रविप्रतिको आकर्षण अलि बढी नै छ , आशापलाएको छ साँच्चिकै नेपाली समाजका ‘मुक्तिदाता’ साबित होलान् भन्ने शुभकामना छ।
कोकाहा खोलाबाट धरानमा खानेपानी ल्याएर साम्पाङले स्याबासीलायक काम गरेका छन् । खानेपानीबाट कति धरानवासी लाभान्वित भए, खर्च र उपलब्धिहरूको सामाजिक लेखाजोखा होला नै, तर चुनावअघिदेखि नै उनले खानेपानी ल्याउने जुन प्रतिबद्धता र अठोट गरेका थिए, अनि जसरी उनी यो अभियानमा डटे, सफलता र जसका हकदार उनै हुन् । श्रमदान र व्यक्तिगत सहयोग बाट एकजनाले गुरुयोजनाले नगरेको काम सफल पारेको देख्दा हृदय देखि धन्यवाद छ। उनी निर्भीक र निडर देखिन्छन । त्यो राम्रो हो । काम गर्ने हुटहुटी भएका साम्पाङले नेतृत्वदायी भूमिकामा बसेपछि असहमत र असन्तुष्टहरूलाई पनि मिलाएर लैजान सके कायापलट हुन्छ। साम्पाङ जस्ता व्यक्तिले राष्ट्र हाक्नु पर्छ अनि नागरिक को सोच पुरा हुन्छ। अधिकांश राजनीतिक नेतृत्व भ्रष्टाचार र कुशासनमा लिप्त भएका बेला अहिलेसम्म यी दुवैको छवि स्वच्छ नै छ । दुवैको यो ठूलो नैतिक बल हो। राष्ट्र निर्माणमा लागीरएमा नागरिकले पटक पटक जिताउने छन्। उच्च बिचारको अपेक्षा सफल हुने छ।
बालेन काठमाडौं महानगरको ‘नगरपिता’ ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने र भारतीय फिल्म चल्न नदिने निर्णय लम्पसरवादका सर्पको काचुली जस्ता नेतहरुकालागि मुखभरिको जवाफ भएको छ। भारतीय हैकम र थिचोमिचोबाट त्राण पाउन कूटनीतिक तहबाटै समाधान खोज्न बलियो राजनीतिक नेतृत्व र उसको इच्छाशक्ति चाहिन्छ । जो नेपालमा छैन , अब १००० बालेन शाह १००० हर्क साम्पाङ जन्माउनु पर्छ। बालेन र साम्पाङझैं लामिछानेका लागि पनि अहं व्यवस्थापन ठूलो चुनौती छ ।केही गरौं भन्ने हुटहुटी पालेका ‘नवनायक’ हरूलाई नागरिक को सहयोग चाहिन्छ। आज नेपालमा नेताहरूले देश र जनतालाई अहितमा मात्र काम गर्ने गर्छन् । श्रमसँग मान्छेलाई जोड्ने र श्रमदानका माध्यमबाट काम गर्ने हर्कको शैलीको आलोचना गर्ने गर्छन। विश्व सम्पदा सूचीका अनेकन् सम्पदा काठमाडौँमा छन् । बालेनले नगरवासीको हितमा जनमैत्री स्थानीय सरकार कसरी बनाउने भनेर फेहरिस्त नै प्रस्तुत गरेका छन् । विकासका योजनाहरू, पूर्वाधार, नीति निर्माण, फोहोर व्यवस्थापन, राम्रो हुदै गएको महसुश भैरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend