शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अब काँग्रेस र एमाले मिल्ने बाटो निर्माण हुर्दैछः रिजाल

अब काँग्रेस र एमाले मिल्ने बाटो निर्माण हुर्दैछः रिजाल

खबरब्रेकिंग,काठमाडौं असार ६ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले समाजवादी मोर्चा संग एमाले नतर्सिने बताएका छन । उनले आज खबरब्रेकिंग संगको कुराकानीमा यस्तो बताएका हुन ।
राजनीतिमा ओरालो लाग्दै गरेका दलहरु मिलेर मोर्चा घोषणा गर्दैमा केही नहुने उनले बताए । उनले भने, ”माओवादी केन्द्र, जसपा, एकिकृत समाजवादी पार्टी र बिप्लव नेतृत्वको नेकपा मिलेर जुन किसिमको मोर्चा गठन गरेका छन यसको कुनै तुक छैन । यो मोर्चा थारो गाई हो । सरकार टिकाउनका लागी यो मोर्चा गठन गरेको हो । अब काँग्रेस र एमाले मिल्ने बाटो निर्माण हुर्दैछ । समाजवादी मोर्चा गठन गरेर एमालेलाई तर्साउन खोजेको हो ।” समाजवादी मोर्चा गठन सत्ता टिकाउने खेल भएको रिजालको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend