खबरब्रेकिंग,काठमाडौं,असार ६ गते । नेकपा एकीकृत (समाजवादी) का नेताहरु नेकपा एमालेमा फर्किएका छन्। मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईको नेतृत्वमा आधा दर्जन जिल्ला कमिटी सदस्य एमालेमा फर्किएका हुन् ।
आज नेकपा एमाले जिल्ला कार्यालयमा भएको एक कार्यक्रमबीच उनीहरू पार्टी सदस्य नवीकरण समेत गरेका छन ।
एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भोम्जन, लोकनाथ चौलागाई, रोमनाथ रेग्मी, अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन(राजेश) रहेको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए। कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्यौपाने सहितका नेताहरूको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend