खबरब्रेकिंग, काठमाडौं,असार ५ गते। लेखक तथा बिश्लेषक डा डिआर उपाध्यायले चार दलीय समाजवादी मोर्चाको कुनै अर्थ नरहेको बताएका छन । आज खबरब्रेकिंग संग छोटो कुराकानी गर्दै उनले यस्तो बताएका हुन । मोर्चा निर्माणमा प्रचण्डको चालवाजी रहेको र सत्ता टिकाउन समाजवादी मोर्चा गठन भएको उनले बताए । नेपालमा भएका सबै कम्युनिष्ट पार्टीहरुलाई समेटेर मोर्चा गठन गरेको भए पताउने ठाउँ हुन्थ्यो तर चार दलीय मोर्चाले समाजवादको यात्रा पुरा गर्न नसक्ने उनको भनाई छ । काँग्रेस संग मिलेर सरकार चलाउने अनि यता समाजवादी मोर्चा गठन गरेर के गर्न खोजेको हो भन्दै उनले प्रश्न उठाए । सत्ता स्वार्थको राजनीतिले मुलुक थिलै थिलो भएको अबस्थामा फेरि जनतालाई भ्रम छर्ने काम भएको उपाध्यायले बताए । अब देश र जनताको भलाई गर्ने हो भने नेतृत्व इमान्दार हुनु पर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend