खबरब्रेकिंग,काठमाडौं,असार १ गते। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । विहान ८ बजेबाट जारी बैठकमा समाजवादी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
आज भोलि नै माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी गर्ने छ ।
उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend