शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

डीएलएको अध्यक्षमा सीताराम केसी विजयी

डीएलएको अध्यक्षमा सीताराम केसी विजयी

खबरब्रेकिंग,काठमाडौं,जेठ २८ गते । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा सीताराम केसी विजयी भएका छन्। चितवनमा सम्पन्न ११औँ महाधिवेशनमा उनी ६ सय ५३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरिन्। अर्का उम्मेदवार लक्ष्मण थपलियाले ५५, केदार कार्कीले १३० र कृष्ण घिमिरे भूषणले ५३ मत प्राप्त गरे।
डीएलएको महासचिवमा ज्ञानेनद्रप्रसाद अधिकारी विजयी भएका छन्। उनी ३९३ मतका साथ महासचिवमा चुनिएका हुन्। महासचिवका अन्य उम्मेदवारहरू पूर्णप्रकाश बस्नेतले २३६, बाबुराम अर्यालले २२१, लक्ष्मण आचार्यले १५६ र सञ्जीवकुमार लामाले ४९ मत प्राप्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend