खबरब्रेकिंग,काठमाडौँ,असार २९ गते । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।
एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend