खबरब्रेकिंग, काठमाडौं, असार २६ गते । भेरी अस्पताल विकास समिति नेपालगन्जको अध्यक्षमा वीरेन्द्रबहादुर शाह नियुक्त भएका छन्। असार १७ गतेको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो। अस्पतालमा आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई अस्पतालले स्वागत गरेको छ।
अध्यक्षमा नियुक्त भएका शाहले सोमबार पद बहाली गरेका छन। शाहले अस्पतालले प्रदान गर्ने सेवा र सुविधालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend