खबरब्रेकिंग, काठमाडौं, असार २६ गते । सामाजिक तथा धार्मिक अभियान्ता होम नाथ पुडासैनी कैलाशटोल बासी २८ घरका उपभोक्तालाई पानीको हाहाकारलाई मध्यनजर गर्दै वडा कार्यालय, खानेपानी अफिस धाइरहेका छन । कैलाशटोल बासीलाई पानीको हाहाकार भएको उनले जानकारी दिए ।उनी कैलाशटोलको पूर्व अध्यक्ष समेत हुन । उनी सामाजिक कार्य गर्न बढी रुचाउँछन । उनी जलेश्वर मन्दिरको अध्यक्ष पनि हुन । जलेश्वरमा केवुलकार संचालन गर्ने बिषयलाई लिएर केही महिना अघि उनले नुवाकोट र धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम राखेका थिए । सामाजिक काममा उनी रात दिन खटिरहेका हुन्छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend