खबरब्रेकिंग, काठमाडौं असार २४ गते । तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका हुन् ।
एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend