फाइल तस्विर
खबरब्रेकिंग, काठमाडौं असार २४ गते । नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ।
यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएको हो। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै उनको चौतर्फी आलोचना भएको थियो। सोही अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध र राजीनामा माग गर्दै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend