शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

समाजवादी मोर्चाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दै

समाजवादी मोर्चाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दै

खबरब्रेकिंग,काठमाडौं असार २३ गते। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दैछ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। बैठकमा चारवटै पार्टीका शीर्ष नेताहरू सहभागी हुने नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। उनका अनुसार मोर्चाको पहिलो बैठक भएकाले कार्यविधि, भावी रणनीतिबारे छलफल गर्ने तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend