शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

ललितानिवास प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

ललितानिवास प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

खबरब्रेकिंग, काठमाडौं,असार २२ गते। ललितानिवास जग्गा प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरूको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सो प्रकरणमा तत्कालीन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend