खबरब्रेकिंग, काठमाडौं,असार २२ गते। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज पनि जारी रहने छ । केन्द्रीय कार्यालयले आयोजना गरेको जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहने नेपाली कांग्रेसले जनाएको छ ।
बिहीबारको पहिलो दिनको बैठकमा बोल्न बाँकी सभापतिहरुले आज आफ्ना धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
पार्टीको क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा जिल्ला सभापतिहरूको भेला पहिलोपटक आयोजना गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend