शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताको विपरीतः गृहमन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताको विपरीतः गृहमन्त्री श्रेष्ठ

खबरब्रेकिंग, काठमाडौं,असार २१ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताको विपरीत भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल भरतपुरले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन । फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए ।
सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने जिकिर गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend