शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

खबरब्रेकिंग, काठमाडौं,असार २१ गते । सत्तारुढ दलको बैठक बालुवाटारमा चलिरहेको छ । केहीबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा एमालेले गरेको संसद अवरोध, मिटरब्याजविरुद्धको अध्यादेश निस्क्रिय भएकोबारे छलफल भइरहेको बुझिएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी,लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेताहरु सहभागी छन् ।

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै संसद अवरोध गरीरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend