सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभः मन्त्री बस्नेत

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभः मन्त्री बस्नेत

खबरब्रेकिंग, काठमाडौं,असार २१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा हिजो काठमाडौंमा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले सो कुरा बताएका हुन ।

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवर्द्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।

विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उनले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए ।

आयुर्वेद चिकित्सक डा पुनेश्वर केशरीले प्राकृतिक चिकित्सासम्बन्धी विद्यमान नीति, मापदण्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक व्यवस्थाअनुसार पालिकासम्म पुर्‍याउनु आजको आवश्यकता रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend