सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रोटोकल पारित गर्दै बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने विधि प्रक्रिया स्वीकृति

प्रोटोकल पारित गर्दै बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने विधि प्रक्रिया स्वीकृति

भक्त के सी

खबरब्रेकिंग,काठमाडौं असार १७ गते। नेपाल सरकारले नेपाल र बेलायतबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना कार्यान्वयन (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित गरेको छ । गत ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रोटोकल पारित गर्दै बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने विधि प्रक्रिया स्वीकृति गरेको हो । न्यूनतम योग्यता नर्सिङमा डिप्लोमा र दुई (२) वर्षको सम्बन्धित कामको अनुभव र ५ वर्षको करार सम्झौता गर्ने छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलका अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ । अथवा OET मा Reading ,Listening , Speaking – B , र Writing मा C + मात्र ले पनि CBT को लागि आवेदन दिनेछन र NHS को कामको लागि प्रक्रिया पुरा हुने छ। OET -CBT पासले आफूखुसी प्रोसेस गर्नी गरेको नि पाइन्छ। गर्न सक्छन काम को अनुभब चाहिदैन , रोजगारदाताहरूले OSCE परीक्षा आफैले व्यवस्थापन गर्ने गरेको पाइन्छ।
IELTS र OET मा कुन पास गर्न सजिलो छ?
कुन परीक्षा सजिलो छ? अपेक्षित रूपमा, दुई परीक्षणहरू कठिनाईमा भिन्न हुन्छन्। OET केही तरिकाहरूमा सजिलो छ किनभने यो स्वास्थ्य सेवाको लागि अधिक विशिष्ट छ, त्यसैले तपाईंले आफ्नो स्वास्थ्य सेवा ज्ञान, शब्दावली र अनुभवहरू प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले OET बुझ्न सजिलो पाउन सक्नुहुन्छ किनकि यो स्वास्थ्य सेवासँग सम्बन्धित छ र तपाईंले दैनिक अभ्यासमा प्रयोग गर्ने भाषाको परीक्षण गर्दछ।
OET – CBT , नर्सिङ र मिडवाइफरी काउन्सिल बेलायतमा नर्सिङ र मिडवाइफरी पेशाहरूको लागि नियामक हो र NMC – UK दर्ता हुनु पर्छ। अनि मात्र NHS अस्पताल स्वीकार गर्ने गर्छ। नेपालबाट OET – CBT गर्नकोलागी काम अनुभवहरूको आवश्यक पर्दैन । OET – CBT पास उम्मेदवार सरकारी अस्पताल यूके मा काम गर्न योग्य हुन्छन। युकेमा नर्स वा मिडवाइफको रूपमा काम गर्नको लागि नर्सले नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (NMC) को दर्ता प्रक्रिया संम्पन्न गर्नु पर्छ NMC -CBT पासले UK मा OSCE गर्नु पर्छ अनि सबै प्रक्रिया पूरा हुन्छ।
बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने बाटो सरकार इस्तरबाट खुलेको छ। श्रम स्वीकृत लिएर योग्य डाक्टर, नर्स, स्वास्थ्य पेशेवर वा वयस्क वृद्ध हेरचाह गर्ने केयर टेकरले अवसरहरू प्राप्त गर्ने गरेका छन्। रोजगारदाताको स्पोन्सरसीपमा उम्मेदवारले युके दूतावासमा टायर २ भिसाको लागि आबेदन दिनु पर्छ र स्वीकृत विसा ले एक दक्ष भूमिकामा कामको प्रस्ताव स्वीकार गरेको बुजिन्छ। हाल नेपाली नागरिकले व्यक्तिगत श्रम स्वीकृति लिएर विश्वका १७८ देशमा प्रवेश गर्न सक्छन् । संस्थागत अनुमति (विशेष संस्था – रोजगार एजेन्सी द्वारा दिइएको) 111 थप देशहरूमा प्रवेश गर्न अनुमति दिन्छ। यद्यपि, विदेशी कामदारहरूलाई संरक्षण गर्ने अन्तरसरकारी श्रम सम्झौताहरू केही देशहरूसँग मात्र हस्ताक्षर गरिएका छन्।नेपाली विद्यार्थीका लागि पढ्न र काम गर्न निम्न देश राम्रा मानिन्छन।
अस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, न्युजिल्याण्ड, यूरोपियन देशहरु मुख्य छन्। जापान , कोरिया, सिंगापुर, चाइना ,भारत, बंगलादेश, पाकिस्तान, र दुबई आदि।
स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ । योग्य नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा Ielts , OET पछि व्यावसायिक लाइसेन्स परीक्षा पास गरेमा (NHS ) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।
नेपाल सरकारले नेपाली आप्रवासी कामदारका लागि फ्री भिसा, फ्री टिकट नीतिको प्रभावकारिता अध्ययन र कार्यान्वयन गर्न थालेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend