शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रमुख सचेतक लेखक भन्छन् – जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

प्रमुख सचेतक लेखक भन्छन् – जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

खबरब्रेकिंग,काठमाडौं, असार १२ गते । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बिश्वास दिलाएका छन । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बिश्वास दिलाएका हुन ।

उनले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पारे । आज अर्थमन्त्रीले संसद्मा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिबद्धता गर्ने पनि उनले जानकारी दिए । यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले उल्लेख गरे ।लेखकले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend