खबरब्रेकिंग,काठमाडौं, असार १२ गते । प्रहरीले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) को टोलीले नक्सानलबाट उनलाई पक्राउ गरेको हो।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। संयोगले गुरुङको नाम हाल पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा पनि उल्लेख भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend