शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राप्रपाले खटाउने भयो स्थानीय तहमा केन्द्रीय नेता

राप्रपाले खटाउने भयो स्थानीय तहमा केन्द्रीय नेता

खबरब्रेकिंग,काठमाडौं, असार १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहहरूमा केन्द्रीय नेताहरु खटाउने भएको छ। पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘सात सय ५३ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई खटाउने निर्णय भएको छ,’ उनले भने। सातै प्रदेशमा प्रदेश संयोजक व्यवस्था गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

प्रदेश संयोजकका काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरिसकिएको प्रवक्ता श्रेष्ठ बताउँछन्। प्रदेश संयोजक र भूगोल केन्द्रित नेताहरूलाई ६ महिनाका लागि जिम्मेवारी दिन लागिएको हो।

स्थानीय तहमा संगठन सुदृढीकरणलगायतका काम गर्न राप्रपाले केन्द्रीय नेतालाई पठाउन लागेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend