खबरब्रेकिंग,काठमाडौँ असार ११ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले छिटो सरकार परिवर्तन हुनु पर्ने बताएका छन । प्रचण्ड नेतृत्वको बर्तमान गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकोले सरकार परिवर्तन हुनु पर्ने उनको भनाई छ । सरकार परिवर्तन पछि काँग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने उनको माग छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नु भनेको जनमतको अपमान भएको रिजालको बुझाई छ । एमाले र काँग्रेस मिलेर सरकार बनाउने कुरा नै अहिलेको जनमतको कदर हुने उनले बताए । सरकार परिवर्तनको हल्ला बारे रिजालले बास्तबिकता रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend