शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

महोत्तरी ६ गते । महोत्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका(४ मा गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह ०९४६ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा सिन्धुली नगरपालिका(४ मिलन चौकका २० वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको हो।

ढकालको साथबाट नाईट्रोभेट–१० लेखेको १५ पिस र १२ ग्राम गाँजासहित नियन्त्रणमा लिएको मधेस प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। पक्राउ परेका ढकाललाई इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान भइरहेको छ।

त्यस्तै गएराति लोहारपट्टी नगरपालिका(८ बिगही पुल्मा सञ्चालित बिगही दरबार होटलका सञ्चालकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

होटेलका साहु लागूऔषध गाँजा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारी गर्दा होटलको काउन्टरको घर्राबाट ४२ पुरिया गाँजा बरामद गरिएको हो।

१५ ग्राम बराबरको पुरिया सहितको लागूऔषध गाँजा बरामद भएपछि होटेलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला महोत्तरी लोहारपट्टी नगपालिका(८ बस्ने ४० वर्षीयका सोही होटेलका सञ्चालक संजित कुमार यादवलाई नियन्त्रणमा लिएको मधेस प्रहरी कार्यालयले जनाएको छ। यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend