खबरब्रेकिंग,काठमाडौं,असार ६ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो। तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालको आरोप छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend