भक्त के सी
खबरब्रेकिंग,पोखरा,असार ६ गते । राष्ट्र हितको लागि राष्ट्रवादी शक्ति एक हुनु पर्छ भन्ने मान्यता हो , राष्ट्रवादी शक्तिहरु एकजुट हुन देशका नागरिक साथै प्रवासी नेपालीको सुझाव पनि छ। नयाँ राजनीतिक दल खोल्नु भन्दा ४१ दर्ता खारिजमा परेका नेताहरुले र जनशक्ति पाएका रास्ट्रियपार्टीले मिलेर राष्ट्र निर्माण तर्फ अग्रसर हुन् सके उपुक्त होला । हाम्रो नेपालका पार्टी राष्ट्रवादीहरुको हुदा विकासको सम्भबना होलाकी रु देशको माया गर्ने प्रगति चाहनेहरुको पार्टी एकताभएमा राष्ट्रका हितमा कामहुने थियोकी आस्लाग्ने , निकम्मा ध्रुत भ्रष्ट विगतका र वर्तमानका सन्की बेबिचारीहरुले तीतो विगत वर्तमानदेख्दा नागरिक वाक्क छन्। कांग्रेसले कम्युनिष्टको काँधमा उपरखुट्टी लगाएर उसैलाई सराप्ने कुनै औचित्य छैन । कांग्रेसको बुई चढेर सत्तालाभ लिए ( दिए यिनै कम्युनिष्टहरुले सपोर्ट नि गरे आफ्नै पार्टीभित्र गुटैगुटको लहरोले जेलिएको कांग्रेसको अवसान निकै सन्निकट थियो । स्वार्थ मिलिन्जेल सम्म मिल्छन , हार्छु र हराउछु (सिद्दिन्छु ) भने पिर सबैलाई छ , खास चुनाव एक्लाएक्लै लडने र पछि सत्ता गठबन्धन गर्नु राम्रो हो, अहिले, असार ५ गते। चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई कम्युनिष्ट नेताहरुले सोमबार सम्बोधन गरे कम्युनिष्टले कस्तो कस्तो मौका छोप्ने मतलबी सस्कार बनेको छ , जोसले जे गरेता पनि राजनीति मानिन्छ नीति सिद्धान्त लाई कुल्चेर गठबन्धन, अबको दिनमा आमूल परिवर्तन चाहनेहरु , राष्ट्रवादी एकताबद्ध भएर उभिनु पर्छ , तबसम्म आमूल परिवर्तन हुँदैन, सिंगो देशका समस्त रास्ट्र हित चाहना गर्नेलेदेश चलाउनु पर्छ , चेतन्सिल समाजवादी युवाहरुलाई एकताबद्ध गर्नुपर्छ।सधैँजसो सरकारमै हाबी भइरहेको कांग्रेसको यात्रा लगभग दशकसम्मकै लागि टुंगिनि त होइन जस्तो देखिन्छ। झुठ र आश्वासनको कुम्लो बोकेर सबै पार्टीका कार्यकता गाउँ गाउँ पसेका छन्। राष्ट्र हित र भविष्यमा न्यायोचित दिशामा अघि बढ्न सफल हुन आजका शिक्षित युवा सँग झिनो भए पनि आशावादी बन्न सकिन्छ।
गणतन्त्रवादी र धर्म निरपेक्षवादी दलहरु सबै एउटै डयाङका मुला भए , देश बनाउन होइन देश लुटन लाई गठबन्धन वा तालमेल गर्छन तर राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाले एमाले जसतो पार्टीसंग तालमेल गरि निर्वाचनमा जान्छन समाजलाई स्तब्ध बनाएकोछ र मनमा आशंका पनि बडाउने गर्छ कतै राप्रपा पनि तिनै गणतन्त्रवादी दलहरुको बाटोमा पो हिडदैछ कि कसो रु आशा गरौ त्यसो नहोस बाकी भविष्यमा देखिने नै छ । गतिशीलताको नयाँ युगको अवसरहरू कब्जा गर्न इमान्दार रचनात्मकता र दक्षताको साथ नयाँ युग नवीन प्रस्ताव नागरिक सरकारको राजनीतिक औचित्य राष्ट्रिय साझा हितका लागि स्वायत्त सत्ता तसर्थ, लोकतन्त्र सबैभन्दा जवाफदेही, जिम्मेवार र वैध सरकार चाहिन्छ। शासन प्रणालीले कार्यपालिका र व्यवस्थापिकाबीच अधिकार बाँडफाँड गर्ने शासन व्यवस्थालाई दुरुस्त सरकारको सबैभन्दा पर्याप्त प्रणालीको खोज होस्। प्रत्येक प्रणालीको सापेक्ष गुणहरूको मूल्याङ्कन समावेश गरियोस ताकि कुनै विशेष समाजको व्यापक लक्ष्यहरूमा पुग्न सजिलो होस्। जनताले निर्णय लिने र सञ्चालन गर्ने प्रक्रियामा भाग लिएपछि मात्र सरकार वैधमानियोस । एक लोकतान्त्रिक सरकार एक वैध सरकार होस् , किनकि यो नागरिकहरु द्वारा निर्वाचित हुन्छ र नागरिकहरु को विश्वास र विश्वास को लाभ लिन्छ। नागरिकको संलग्नता जनताको आवश्यकता बुझेर योजना बनुन , सरकारहरूमा बस्नेले राष्ट्र को मर्म ख्याल गरेर जनतासँग राजनीतिज्ञहरू संग मिलेर रास्ट्र निर्माण गरुन आम जन गुनासाको सम्बोधन होस्। वैधानिक सरकार भनेको सरकार हो जस अन्तर्गत सरकारको कानून र कार्य जनता र सरकारी कामहरू प्रकट हुन्छ , नागरिकका लागि दैनिकी सरल सुलब हुनु पर्यो। समाजलाई ब्यवस्थित रुपमा अगाडी बढाउनका लागि राजनितिको प्रमुख भुमिका रहेको हुन्छ । सुस्पष्ट बैचारिक दृष्टिकोण निर्माणगरि बिचार सिद्धान्त र निष्ठाको जगमा जनताको साथ र सहयोगको अपेक्षा स्वाभाबिक हुन्छ ।क्षणीक फाइदाका लागी दृष्टिकोण बिहिन रुपमा ब्यक्ति केन्द्रित भै अगाडी बढदा समाजलाई फाइदा गर्दैन् । नेपालको राजनितिमा आज सर्वथा आर्दश,बिचार र दृष्टिकोण को अभाव पाइन्छ । आज सम्मको राजनितिक दृश्यलाई हेर्दा निम्न राजनैतिक ब्याबहार पाइन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend