खबरब्रेकिंग,काठमाडौं, असार ४ गते । चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ । यसअघि आजै (सोमवार) दिउँसो ३ बजे घोषणा हुने तय भएको मोर्चा साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा आज मोर्चा घोषणा हुँदै छ ।
मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध हुँदैछन् ।आइतवार बसेको ४दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend