२३ मंसिर, काठमाडौँ । नेपालमा अकुपञ्चर सेवा विस्तारमा महत्वपूर्ण भूमिका निभाइरहेको ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेशन ओम ब्लु लोटस हेल्थ होम प्रा लिले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित एक होटलमा आयोजित समारोहमा संस्था अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापति डा. कर्माचार्यले नेपालका सबै नागरिकलाई सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको उल्लेख गर्दै बिरामीहरूले दिएको विश्वास र सद्भावले आफूलाई अझ जिम्मेवार बनाएको बताए। त्यस्तै प्रमुख अतिथि डा. खड्गीले छोटो समयमै बिरामीमै केन्द्रित सेवा र अनुभवी चिकित्सकको टीम बनाएर ब्लु लोटसले जनविश्वास हासिल गर्न सफल भएको भन्दै प्रशंसा गरे।
प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले संस्थाको सुरुवाती संघर्ष, वर्तमान उपलब्धि र भविष्यका लक्ष्यबारे भावनात्मक मन्तव्य राख्दै कर्मचारीहरूको निष्ठा र समर्पण नै संस्थाको वास्तविक शक्ति भएको बताए।
कार्यक्रममा वरिष्ठ चिकित्सकहरूले संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पु¥याएको योगदानबारे टिप्पणी गर्दै शुभकामना व्यक्त गरेका थिए।
सोही अवसरमा विभिन्न चिकित्सक तथा कर्मचारीलाई सम्मानपत्र वितरण गरिएको थियो। वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीका रूपमा अस्मिता चौधरी सम्मानित बने। समारोहमा सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, क्विज, खेलकुद तथा केक काट्ने कार्यक्रमसहित विविध प्रस्तुति समेटिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend