२२ मंसिर, काठमाडौँ । जय मातृभूमि पार्टीले बारा जिल्लाको सिमरामा आज प्रशिक्षण कार्यक्रम गरेको छ। पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वर्तमानको राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक विश्लेषण, पार्टीको उद्देश्य, लक्ष्य र सिद्धान्तका विषयमा प्रकाश पारिएको थियो।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, उपाध्यक्ष पूर्व डिआइजी उत्तम कुमार कार्की, सचिव भानु खत्री, प्रवक्ता खेम बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरीले जानकारी दिए ।
पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गतिविधि तीव्र पारेको छ । पार्टी अध्यक्ष कार्कीको संयोजकत्वमा वार्ता समिति गठन गरेर नयाँ वैकल्पिक विचार मिल्ने दलहरूसँग गठबन्धन गर्नका लागि वार्ता समेत जारी राखेको छ ।
राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकीकरण गरी जय मातृभूमि पार्टी निर्माण गरिएको हो । जय मातृभूमि पार्टीको चुनाव चिह्न आमा ुबच्चा काखमा लिएको आमाु रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend