५ मंसिर,तानसेन। आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend