आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान

राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान

  • शुक्रबार, २८ कार्तिक २०८२

 

२८ कात्तिक,काठमाडौं ।आगामी राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ता प्रक्रियाको आह्वान गरेको छ । शुक्रबार जारी सूचनाअनुसार राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने एक तिहाइ सिट तथा सभामुख गणेश प्रसाद दाहालको कार्यकाल सकिन लागेकाले रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन तय गरिएको छ । सोहीअनुसार आयोगले मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न सम्बन्धित दलहरूलाई आग्रह गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका मेयररउपमेयर तथा गाउँपालिका अध्यक्षरउपाध्यक्ष मतदाता रहने व्यवस्था छ । यस्तै, प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ । उक्त निर्वाचनका लागि दल दर्ता प्रक्रिया मंसिर १ देखि १० गतेसम्म खुला रहने आयोगले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend