आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आमाको रोदन सुन्ने समय आएको छः लुईटेल

आमाको रोदन सुन्ने समय आएको छः लुईटेल

 

२७ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले देशमा बढ्दो बेथिती, नीतिगत भ्रष्टाचार र राजनीतिक अस्थिरताले आम नेपाली आमा–बुबालाई रोउने अवस्थामा पु¥याएको बताउनुभएको छ ।

उहाँले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब ढिला नगरी गाउँ फर्कने र राष्ट्र पुनःनिर्माणको अभियानमा लाग्ने बेला आएको उल्लेख गर्नुभयो । “आमाको रोदन सुन्ने समय आएको छ, देश लथालिंग छ, छोरा–छोरीहरू गाउँ फर्क, अब यही नै समाधान हो,” अध्यक्ष लुईटेलले भावुक हुँदै भन्नुभयो ।

डा. लुईटेलका अनुसार अहिलेको नीतिगत भ्रष्टाचार र शासन व्यवस्थाको कमजोर कार्यसम्पादनका कारण देशभर असन्तोष बढ्दै गएको छ । उहाँले युवाहरूलाई देश सम्हाल्ने जिम्मेवारी लिन आग्रह गर्दै भन्नुभयो, “राजाले पनि अब ढिला हुन लाग्यो, देशको अस्तित्व जोगाउन युवाहरू उठ्नैपर्छ ।”

उहाँले आमा र राजाको संयुक्त आव्हानलाई सबै नेपालीले आत्मसात् गर्नुपर्ने बताउँदै राष्ट्रिय एकता र आन्तरिक आत्मनिर्भरता नै राष्ट्र उद्धारको मार्ग भएको स्पष्ट पार्नुभयो ।

“हिजो हामी कहाँ थियौँ, आज कहाँ छौँ — यही प्रश्नले हाम्रो आत्मालाई झकझक्याइरहेको छ,” डा. लुईटेलले भावुक हुँदै भन्नुभयो, “अब देश बाँचोस् भने गाउँ फर्कौं, उत्पादन गरौं, आत्मनिर्भर बनौं र भ्रष्टाचारको विरुद्ध एकजुट बनौं ।”

अध्यक्ष लुईटेलले  जनतामा जागरण ल्याउन र नयाँ पुस्तालाई देशको हितमा एकजुट हुन आह्वान गर्दै भन्नुभयो — “यो आव्हान केवल शब्द होइन, राष्ट्र पुनर्जागरणको अन्तिम सन्देश हो । आमा र राजाको आवाजलाई हामी सबैले साथ दिनु पर्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend