आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तथ्य पुष्टि नभएका र प्रमाणविहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

तथ्य पुष्टि नभएका र प्रमाणविहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

 

१३ कार्तिक,काठमाडौँ। प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र प्रमाणविहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा गलत, मिथ्या र तोडमोड गरिएको जानकारी प्रसारण गर्नु पेसागत आचरणविपरीत र गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ।

काउन्सिलले सामाजिक सञ्जालमा अफवाह र भ्रम फैलाउने सामग्री नबनाउन सञ्चारकर्मी, मिडिया र प्रयोगकर्तालाई सचेत गराएको छ। त्यस्ता गतिविधि दोहोरिए आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने चेतावनी दिइएको छ।

काउन्सिलले युट्युबलगायत अनधिकृत सामाजिक सञ्जालको नियमित अनुगमन गर्दै आचारसंहिताको पालनालाई थप प्रभावकारी बनाउन ‘फोकल पर्सन’ तोकिएको पनि जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend