आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय पहिचानको संरक्षण सबैको जिम्मेवारी होः अध्यक्ष तारानाथ लुईटेल

राष्ट्रिय पहिचानको संरक्षण सबैको जिम्मेवारी होः अध्यक्ष तारानाथ लुईटेल

 

९ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले नेपाली पहिचान र बैदिक सनातन धर्मको संरक्षण अब सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले आज आफ्नो फेसबुकमार्फत सन्देश जारी गर्दै देशभित्र रहेका विविध भाषा, धर्म र संस्कृतिहरू नै नेपालको मौलिक सम्पदा भएको र यसलाई बचाउन अब सबैले आवाज उठाउनुपर्ने बताएका छन्।

लुईटेलले लेखेका छन्, “हामी नेपाली हौं, हामी सबै नेपालमै बस्छौं। हाम्रा धेरै भाषा र धर्म–संस्कृतिहरू छन्, तर यसलाई बचाउन कोही बोल्दैन।” उनले नेपाली पहिचानको मूल आधार बैदिक सनातन धर्म भएको उल्लेख गर्दै यो परम्परा कहिलेदेखि चलिआएको हो, कसैलाई ठ्याक्कै थाहा नभए पनि यसको जरो नेपाली सभ्यता र अस्तित्वसँग गहिरो रूपमा गाँसिएको बताएका छन्।

उनले विदेशी पहिचान वा प्रभावले “म नेपाली हुँ” भन्ने आत्मगौरव जनाउँदैन भन्दै सबै नेपालीले अब आफ्नै संस्कृति, धर्म र पहिचानको संरक्षणका लागि सक्रिय हुनुपर्ने आह्वान गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend