९ कार्तिक, काठमाडौं। नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले नेपालले अब राजसंस्थालाई पुनः स्थापित गर्नुपर्ने बताएका छन्। उनले आज आफ्नो फेसबुकमा पोष्ट गर्दै २००७ सालदेखि अहिलेसम्मको राजनीतिक हस्तक्षेप, अस्थिरता र विकासमा अवरोधको मूल कारण विदेशी प्रभाव र दलहरूकै असफलता भएको बताएका छन्।
शर्माले लेखेका छन्, “नेपाल आदि अनादिदेखि स्वतन्त्र रहँदै आएको स्वाभिमानी देश हो, तर २००७ सालपछि भारतको हस्तक्षेपले नेपालको स्वाभिमानमा चोट पुर्यायो।” उनले २०४६ सालपछि सत्ता हातमा पाएका दलहरूले देश निर्माणभन्दा आरोप–प्रत्यारोपमा समय खर्चिएको उल्लेख गर्दै राजसंस्थामाथि गरिएको अन्याय अब जनताले बुझिसकेको दाबी गरे।
उनका अनुसार, सिंहदरबारमा भइरहेका हालका घटनाले पनि देशभित्र अझै बाह्य शक्तिको हस्तक्षेप कायमै रहेको प्रमाणित गर्छ। शर्मा भन्छन्, “अब नेपाली जनताले ज्ञानेन्द्र शाहलाई साथ नदिएर गद्दी जिम्मा लगाउन सकेनौं भने, हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend