आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास’ पुस्तकको दोस्रो संस्करण बजारमा

नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास’ पुस्तकको दोस्रो संस्करण बजारमा

 

२७ असोज, काठमाडौं । नेपालका इतिहास लेखक तथा प्रकाशक हरि बहादुर बिसीले लेख्नुभएको ऐतिहासिक कृति ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास’ पुस्तकको दोस्रो संस्करण बजारमा आएको छ। बिधा इतिहास श्रृंखलामा प्रकाशित उक्त पुस्तक नेपालमा शासन व्यवस्थाको रूपान्तरण, राजनीतिक संघर्ष र राष्ट्रिय परिवर्तनका विभिन्न चरणहरूलाई गहिरो विश्लेषणसहित प्रस्तुत गरिएको जानकारीमूलक कृति हो।

लेखक बिसीका अनुसार दोस्रो संस्करण सन् २०७९ साल जेठ २ गते, बुद्ध जयन्तीको अवसरमा प्रकाशित गरिएको हो। पुस्तकमा नेपालको परम्परागत राजसंस्थाको उदयदेखि २०६२/६३ को जनआन्दोलनमार्फत स्थापना भएको गणतन्त्रसम्मको सम्पूर्ण ऐतिहासिक यात्रा दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

पुस्तकका विशेषता
‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास’ पुस्तकले नेपालको शासन प्रणालीमा आएको परिवर्तन, दरबार र जनताको सम्बन्ध, विदेशी हस्तक्षेप, र देशभित्रका वैचारिक आन्दोलनहरूसम्मका घटनालाई कालक्रम अनुसार उजागर गरेको छ। लेखकले दस्तावेज, पुराना साक्षात्कार, र व्यक्तिगत अध्ययनका आधारमा नेपालमा राजतन्त्र कसरी संस्थागत भयो र किन पतनको चरणमा पुग्यो भन्ने विषयमा गहिरो विश्लेषण गरेका छन्।

बिसीले पुस्तकको बारेमा बताउँदै भनेका छन्, “यो कुनै राजनैतिक प्रचार होइन, ऐतिहासिक तथ्यमा आधारित एक जानकारीमूलक दस्तावेज हो। नेपालको अस्तित्व, राजनीतिक चेतना र शासकीय प्रणाली कसरी विकसित हुँदै आएको छ भन्ने बुझ्न चाहनेका लागि यो कृति सन्दर्भ सामग्रीका रूपमा काम गर्नेछ।”

पुस्तकको मूल्य प्रति प्रति रु. १००० निर्धारण गरिएको छ र हाल बजारमा १००० प्रतिहरू वितरणमा ल्याइएका छन्। प्रकाशन र सर्वाधिकार स्वयं लेखक हरि बहादुर बिसीको नाममा सुरक्षित गरिएको छ। र बिशेष गरी यो पुस्तक कला बुक्स सेन्टर टियु कीतिपुर ब्यवस्थापन बिलडिङको पछाडी र उन्नति बुक्स एण्ड स्टेसनरी ल क्याम्पस कम्पेलेक्स पर्दशनीमार्ग भृकुटीमण्डपमा पाइने लेखकले जानकारी दिनु भएको छ ।

समीक्षकहरूका अनुसार बिसीको लेखनशैली सरल, तथ्यमूलक र अनुसन्धानमुखी छ। यस कृतिले विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार र राजनीतिक इतिहासप्रेमी सबैका लागि उपयोगी स्रोतको रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बुद्ध जयन्तीको दिन प्रकाशित यो संस्करणले नेपालका ऐतिहासिक घटनाहरूप्रति नयाँ पुस्तामा जागरण ल्याउने र पुरानो राजसंस्थादेखि वर्तमान गणतन्त्रसम्मको यात्रालाई निष्पक्ष दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने उद्देश्य राखेको लेखक बिसीले बताएका छन्।

यस पुस्तकले नेपालको राजनीतिक इतिहास मात्र होइन, राष्ट्रिय चेतना, शक्ति सन्तुलन र परिवर्तनको दर्शनलाई पनि उजागर गरेको छ — जसले यो कृतिलाई एक ऐतिहासिक दस्तावेजका रूपमा स्थापित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend