आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शीतल निवासमा राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिबीच वार्ता सुरु

शीतल निवासमा राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिबीच वार्ता सुरु

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहहरूको छलफल शीतल निवासमा सुरु भएको छ। केही ढिलाइपछि सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेनजी प्रतिनिधिहरू सहभागी छन्।

प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि शीतल निवास पुगेपछि बैठक औपचारिक रूपमा प्रारम्भ भएको हो। सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि बैठकमा उपस्थित संख्या बढेर २० भन्दा बढी पुगेको बताइएको छ।

वार्तामा जेनजीका प्रमुख माग र आन्दोलनका मुद्दाहरूमा केन्द्रित छलफल भइरहेको स्रोतले जनाएको छ। राष्ट्रपति पौडेलले शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक सम्पन्न गरेपछि शनिबारको दिन सरकार र जेनजीबीचको प्रत्यक्ष संवादका लागि समय मिलाएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend