२३ असोज,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। देउवाले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए, तर उनी अनुपस्थित रहने भएका छन्। अनुपस्थितिको कारण खुलाइएको छैन।
उनको अनुपस्थितिमा बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ। जेन–जेड आन्दोलनका क्रममा गत २४ भदौमा देउवामाथि भएको आक्रमणपछि उनी पार्टीका बैठकमा सहभागी भएका छैनन्। आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend