२३ असोज,काठमाडौँ । गएको असोज १७ गतेपछिको मनसुनी विपदमा परी देशभर ५३ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा ४०, बाढीमा ११ र चट्याङमा दुई जनाको मृत्यु भएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ भने पाँचथर र काभ्रेमा एक–एक जनाले ज्यान गुमाएका छन्। बाढीबाट रसुवामा चार र इलाममा एक जना बेपत्ता छन्।
विपद्मा ४७ जना घाइते भएका छन्, जसमा ३३ जना पहिरो र १४ जना चट्याङबाट घाइते भएका हुन्। प्राधिकरणका अनुसार देशका ५० जिल्ला मनसुनी विपद्बाट प्रभावित भएका छन् र राहत तथा पुनःस्थापनाबारे छलफल भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend