२२ असोज, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष एवम् पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष पुण्य प्रसाद ढकालज्यूकी ममतामयी माता मायादेवी ढकालको असामयिक निधनको समाचारले सम्पूर्ण कर्मचारी समुदाय स्तब्ध बनेका छन्।
स्वर्गीय ढकालको ९६ वर्षको उमेरमा आज मिति २०८२ असोज २२ गते विहान १ः५१ बजे मोरङ जिल्ला, लेटाङस्थित आफ्नै निजी निवासमा देहावसान भएको हो। जीवनको अधिकांश समय परिवार, समाज र धर्म–संस्कारमा समर्पित रहनुभएकी ढकालको निधनले न केवल ढकाल परिवारमा, तर समाजसेवा र मानवीय मूल्यमा विश्वास राख्ने सबैमा गहिरो शोक परेको छ।
पुण्य प्रसाद ढकालज्यूले आफ्नी माताको प्रेरणाबाट नै सेवा, समर्पण र इमानदारीको बाटो अंगाल्दै निजामती सेवामा योगदान दिनुभएको थियो। मायादेवी ढकालले परिवारमा अनुशासन, निष्ठा र श्रमप्रतिको आदर्श संस्कार स्थापनामा जीवनभर उदाहरणीय भूमिका निभाउनुभएको थियो।
यस दुखद घडीमा स्वर्गीय माता मायादेवी ढकालप्रति बिभिन्न संघ संस्था र कर्मचारीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन । साथै सामाजिक संजाल मार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन ।
स्वर्गीय मायादेवी ढकालको निधनले राष्ट्रसेवक परिवारले एक ममतामयी व्यक्तित्व गुमाएको अनुभूति गरेको छ। उहाँको सादगी, मृदुभाषिता र धर्मप्रतिको आस्था सधैं सम्झनायोग्य रहनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend